Thursday, August 21, 2025

ढाकामा बंगलादेश वायु सेनाको एफ–७ विमान दुर्घटना, एकको मृत्यु


ढाका, बंगलादेश — राजधानी ढाकाको उत्तरा क्षेत्रमा सोमबार बंगलादेश वायु सेनाको एक एफ–७ प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेपछि घटनास्थलमा ठूलो क्षति भएको जनाइएको छ।

सरकारी अधिकारीहरूले दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्, भने उद्धार र राहत कार्य तीव्र गतिमा जारी रहेको छ। घटनापछि सुरक्षाकर्मी, उद्धार टोली तथा दमकलका गाडीहरू तुरुन्तै घटनास्थलमा परिचालित भएका थिए।

बंगलादेश अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुमका ड्युटी अफिसर लिमा खनामले दिएकी जानकारीअनुसार, स्थानिय समय अनुसार दिउँसो १ बजेर १८ मिनेटमा दुर्घटनाबारे पहिलो जानकारी प्राप्त भएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा दर्जनौं मानिसलाई घाइते अवस्थामा उद्धार गरिँदै गरेको देखिन्छ। घाइतेहरूलाई उपचारका लागि उत्तरा आधुनिक हस्पिटलसहित अन्य अस्पतालहरूमा भर्ना गरिएको छ।

ढाका महानगर प्रहरीका डेप्युटी कमिश्नर मुहिदुल इस्लामले यो विमान एक प्रशिक्षण उडानमा रहेको र दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको जानकारी दिएका छन्।

दुर्घटनाको विस्तृत विवरण र कारणबारे अनुसन्धान भइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like