Wednesday, August 20, 2025

जनकपुरमा रेल र कार ठोक्किँदा ठूलो दुर्घटना टर्‍यो, मानवीय क्षति छैन


२५ साउन, जनकपुरधाम । जनकपुरको व्यस्त क्षेत्र थापाचोकमा आइतबार बिहान एक कार र रेलबीच ठोक्किँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कार रेलवे लिक क्रस गर्ने क्रममा जनकपुरतर्फ आउँदै गरेको रेलले ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए पनि प्रारम्भिक जानकारी अनुसार कारले रेलवे लिक पार गर्ने प्रयास गर्दा रेलसँग सीधा ठोक्किएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार जानकी मन्दिरतर्फ जाँदै गरेको कार अचानक रेल लिकमा प्रवेश गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको पुष्टि गरिएको छ। प्रहरीका अनुसार कारमा सवार व्यक्तिहरू सुरक्षित छन् भने घटनास्थलमा क्षति भने भएको छ।

रेल यातायात बढ्दै जाँदा जनकपुरलगायतका स्थानहरूमा रेलवे क्रसिङमा ट्राफिक सुरक्षा कडा गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। घटना अनुसन्धान भइरहेको जनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like