- by समाचार कक्ष
- Mar 06, 2025
२५ साउन, काठमाडौं । इजरायली कारबाही र खाद्यान्न संकटको दोहोरो मारमा परेको गाजा क्षेत्रमा कुपोषणका कारण थप ११ जनाको ज्यान गएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ, जसमा ९८ बालबालिका छन्।
इजरायलको सैन्य आक्रमण जारी रहँदा गाजामा खाद्यान्नको गम्भीर अभाव छ। भोकमरीका कारण स्थानीयबासी कुपोषणको शिकार भइरहेका छन्, जसले मानवीय संकट झनै गहिरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र इजरायली आक्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् भने ४९१ जना घाइते भएका छन्।
इजरायलले ७ अक्टोबर २०२३ मा हमासविरुद्ध सुरु गरेको कारबाहीमा हालसम्म ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको मन्त्रालयको दाबी छ। यसबीच, गाजा सहर नियन्त्रणमा लिन खोज्दै इजरायली सेनाले ७ अक्टोबर २०२५ भित्र सहर खाली गर्न बासिन्दालाई चेतावनी दिएको छ।
गाजामा लगातार बढ्दो मानवीय संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भइरहेको छ, तर समाधानको संकेत अझै अस्पष्ट देखिन्छ।