Wednesday, August 20, 2025

टिकटक र ‘शार्क ट्यांक नेपाल’बीच औपचारिक साझेदारी, पहिलो सिजनको एक्सक्लुसिभ मनोरञ्जन पार्टनर बन्यो


लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा पहिलोपटक प्रसारण हुन लागेको व्यवसायिक रियालिटी शो शार्क ट्यांक शार्क ट्यांक नेपाल सँग औपचारिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत, टिकटक शोको पहिलो सिजनको एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ।

टिकटकले यस साझेदारीलाई नेपालमा मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा नयाँ माइलस्टोनका रूपमा लिएको जनाएको छ। टिकटकको विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी लोकप्रियता हासिल गरिसकेको यो रियालिटी शो अब पहिलोपटक नेपालमा प्रसारण हुँदैछ, जुन हाम्रो लागि गर्वको विषय हो।”

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नविदका अनुसार, यो सहकार्यले नेपाली र क्षेत्रीय क्रियटरहरूलाई सशक्त बनाउन र उनीहरूको प्रेरणादायी व्यवसायिक यात्रालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्लेटफर्मले विश्वास व्यक्त गरेको छ कि यो सहकार्यले नवप्रवर्तन लाई प्रवर्धन गर्ने, व्यवसायिक कथा वाचनलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टम मा योगदान पुर्‍याउनेछ। टिकटकका अनुसार, शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन् र उनीहरू शोका अनुभव, विचार तथा रणनीति दर्शकहरूसँग बाँडिरहेका छन्।

“शोमा शार्कहरूको सक्रियताले टिकटकमा एक उर्जाशील समुदाय निर्माणमा सहयोग पुर्‍याएको छ,” टिकटकको भनाइ छ। साथै, यो सहकार्यमार्फत टिकटकले लामो ढाँचाका सामग्रीहरू पनि प्रस्तुत गरिरहेको छ, जसले शोको कथावाचनलाई टिकटकको मौलिक विशेषतासँग जोड्दै थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

शोको नेपाली संस्करणको फ्रेन्चाइजी होल्डर हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यस्तो विश्वस्तरीय कार्यक्रम नेपाल ल्याउन पाउनु गौरवको विषय भएको बताए। “टिकटकसँगको सहकार्यले कार्यक्रमको पहुँच र प्रभावलाई अझ बढाउने विश्वास लिएको छु,” उनले भने।

कँडेलले टिकटकमार्फत युवापुस्तासँग सिधा संवाद सम्भव हुने र यसले व्यवसायिक सोचलाई सरल र प्रेरणादायी बनाउने उल्लेख गरे।

टिकटकमा #SharkTankNepal सर्च गर्दा शोसम्बन्धी विभिन्न सामग्री हेर्न सकिने जानकारी दिइएको छ।

साझेदारीको घोषणासँगै, १० दिनभित्र टिकटकमा शोका ४०,००० भन्दा बढी फलोअर्स पुगेका छन्। शोको सिजनभरि बिहाइन्ड द सीन भिडियो, विशेष अन्तर्वार्ता, मुख्य क्षणहरू, तथा शार्कहरूको प्रतिक्रिया जस्ता विशेष सामग्रीहरू प्रस्तुत गर्ने योजना टिकटकको रहेको छ।

टिकटकले निष्कर्षमा भनेको छ, “यो सहकार्यले उद्यमशीलता, सामग्री नवप्रवर्तन र नेपाली कथावाचनप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ।”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like