World Hindu Federation Nepal
विश्व हिन्दु महासंघनेपाल
अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन एवं विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रियको बैठक
Back to News
BlogMonday, December 29, 2025

अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन एवं विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रियको बैठक

अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन एवं विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रियको बैठक हालै भारत उत्तर प्रदेशको गोरखपुरमा सम्पन्न भएको छ । उक्त सम्मेलनबाट पारित भएका निर्णयहरू प्रेस मार्फत सार्वजनिक गर्ने उद्देश्यले आयोजित आजको यो पत्रकार सम्मेलनमा पाल्नुभएका

पत्रकार मित्रहरु !!

विश्व हिन्दु महासङ्घको हालै गोरखपुर बैठकमा भएका महत्त्वपूर्ण विषयहरू प्रस्तुत गर्न चाहन्छु।

1 नेपालको हिन्दु अधिराज्यको पहिचानलाई पुन:कायम गर्नका लागि बिश्व हिन्दु महासंघ नेपालले गरेको प्रस्तावमा भारत च्याप्टरले समर्थन जनाएको छ । नेपाल राष्ट्रिय समितिका निमित्त सभापति अरुण कुमार पाण्डेले प्रताव पेश गर्नुभएको थियो । भारत च्याप्टरका महामन्त्री योगी तेजपाल सिंह जीले उक्त प्रस्ताब माथी समर्थन जनाउदै अन्य मुलुकहरु समक्ष नेपाललाई हिन्दु अधिराज्य बनाउने बिषयमा लिखितरुपमा समर्थन जनाउन अनुरोध गर्नुभयो ।

बेलायत, थाइलयाण्ड , अष्ट्रेलिया लगायतका देशहरुले हार्दिकताका साथ उक्त एजेण्डामा समर्थन गर्दै संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचानलाई कायम राख्न संसार भरिका वैदिक सनातनीहरु एकजुट हुने र अन्तराष्ट्रिय स्तरमा तन, मन ,धन एवम् मन , बचन र कर्मले सहयोग गर्ने निर्णयभयो ।

2 नेपाल -भारतको धार्मिक पर्यटनको अभिवृध्दि गर्ने बिषयमा नेपाल पर्यटन बोर्ड , नेपाल ट्राभल्स अपरेटर्स ‘ बिश्व हिन्दु महासंघ विच सहकार्य गर्न निर्णय भयो ।नेपालका धार्मिक तीर्थस्थलहरु र भारतका धार्मिक तीर्थस्थलहरुको प्रवर्द्धन एवम् सम्वर्धन गर्न सके मात्रै सनातन संस्कृतीको संरक्षण हुने बिषयमा सहभागी देशहरुको एकमत रह्यो र सहजीकरण गर्नका लागि महासंघका उत्तर प्रदेशका अध्यक्ष भिखारी प्रजापति जीले समन्वय गर्नु हुनेछ ।

3 हिन्दु संघ संस्थाहरुलाई सवल र सक्षम बनाउनका लागि एक 'ग्लोवल हिन्दु बास्केट फण्ड ' खडा गर्ने निर्णय भयो । बास्केट फण्ड खडा गर्न बिश्व हिन्दु भारत च्याप्टरको अग्रसरतामा भारतको राजधानी दिल्लीमा निकट भबिष्यमा नै 'हिन्दु ईकोनोमी समिट ' को आयोजना गर्ने निर्णय गरियो ।

उक्त बैठकमा नेपाल , भारत, थाईल्याण्ड बेलायत एव अष्ट्रेलिया लगायतका देशहरुको उपस्थिति रहेको थियो भने नेपाल पर्यटन बोर्ड ,नाटो NATO को सहभागिता रह्यो । विश्व हिन्दु महासंघ भारत उत्तर प्रदेशको आयोजनामा सम्पन्न उक्त बैठक एव हिन्दु सम्म्लेनका प्रमुख अतिथि महासंघका अन्तराष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले गर्नु भएको थियो। उत्तर प्रदेशका अध्यक्ष भिखारी प्रजापति जी प्रति हार्दिक धन्यवाद ! साथै , उक्त सम्मेलनका निम्ति गोरक्ष पिठाधिश्वर भारत उत्तर प्रदेशका माननीय मुख्य मन्त्री महासंघका मार्गदर्शक महन्त योगी आदित्यनाथ जीको सहयोग मार्गदर्शनका लागि महासंघको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौं ।